श्रीमती र ३ छोरीसहित आफैँलाई आगो लगाए चञ्चलबहादुरले, के थियो कारण ?

नेपालभ्युज

श्रीमती र ३ छोरीसहित आफैँलाई आगो लगाए चञ्चलबहादुरले, के थियो कारण ?
प्रतिकात्मक स्केच

काठमाडौं । चाबहिलको सरस्वतीनगरमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।  चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् ।

सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेले जानकारी दिए ।
आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ ।

१६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना गराएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved