पाकिस्तानी टोलीलाई झट्का, चर्चित अलराउन्डर घाइते

नेपालभ्युज

पाकिस्तानी टोलीलाई झट्का, चर्चित अलराउन्डर घाइते

काठमाडौं । पाकिस्तानी टोलीले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल आयोजक अमेरिकासँग खेल्दैछ ।

टेक्सासको डलासमा जुन ६ मा खेल हुनेछ । पाकिस्तान पछिल्लो संस्करणको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

पाकिस्तानको हालैको फार्म राम्रो छैन । यसैबीच अमेरिकाविरूद्धको खेलअघि पाकिस्तानलाई ठूलो झट्का लागेको छ ।

चर्चित अलराउन्डर इमाद वासिमले अमेरिकाविरूद्धको खेल गुमाउने भएका छन् । पाकिस्तानका कप्तान बाबर आजमले यो जानकारी दिएका हुन् । ३५ वर्षीय वासिम चोटका कारण मैदान बाहिर हुनेछन् ।

बाबरले भने, ‘इमाद वासिमलाई साइड स्ट्रेनको समस्या छ । दुर्भाग्यवश यसको मतलब उनी पहिलो खेलमा उपलब्ध हुने छैनन् । इमाद पहिलो खेलमा खेल्न नसक्ने भएपनि बाँकी खेलमा उनी टोलीमा आउने आशा गरेका छौं ।’

वासिमले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । कप्तान बाबरसँग उनको सम्बन्ध राम्रो थिएन । यसै कारणले इमादले सन्यास लिएको बताइएको छ ।

तर, टी–२० विश्वकपअघि उनी सन्यासबाट फर्किएका थिए । पाकिस्तान सुपर लिगमा उनको प्रदर्शन अचम्मको थियो । उत्कृष्ट इकोनोमीमा बलिङ बाहेक इमामसँग तल्लो क्रममा ब्याटिङबाट पनि महत्वपूर्ण योगदान दिने क्षमता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved