‘सिधा कुरा’ले प्रसारण गरेको अडिओ झुटो रहेको अनुसन्धानको निष्कर्ष, अदालतमा बुझाइयो प्रतिवेदन

प्रहरीले केही साताअघि ‘सिधा कुरा’ नामको अनलाइन मिडियाबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडिओ रेकर्ड ‘झुटो र बनिबनाउ’ भएको निष्कर्ष निकालेको छ । 

नेपालभ्युज

‘सिधा कुरा’ले प्रसारण गरेको अडिओ झुटो रहेको अनुसन्धानको निष्कर्ष, अदालतमा बुझाइयो प्रतिवेदन

काठमाडौं । प्रहरीले केही साताअघि ‘सिधा कुरा’ नामको अनलाइन मिडियाबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडिओ रेकर्ड ‘झुटो र बनिबनाउ’ भएको निष्कर्ष निकालेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दुई साता लगाएर गरेको अनुसन्धानले अडिओमा उल्लेख विवरण यथार्थ नरहेको निष्कर्ष निकालेको हो ।

अडिओ सार्वजनिक गर्दै अनलाइनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन एक मुद्दा प्रभावित पार्न न्यायाधीश, मिडिया सञ्चालक र कानून व्यवसायीहरूले भेटघाट गरेको दाबी गरिएको अडियो सार्वजनिक गरेको थियो ।

सीआईबीले झुटो भनेको सो प्रतिवेदन सर्वोच्च अदालतमा पेस भइसकेको सीआईबीका एक अधिकारीले बताए । सो मुद्दा अदालतमा विचाराधीन छ ।

डीआईजी नविन्द अर्यालको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोलीले गरेको अनुसन्धानमा अडिओमा उल्लेख गरिएको विवरण झुटो भएको निष्कर्ष निकालेको हो ।

अडिओ ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनाले तीन वर्षअघि ३० चैत २०७७ को बेलुकी ५ बजेपछि आफूले रेकर्ड गरेको दाबी गरेका थिए । त्यही अडिओ अनलाइन सञ्चालक एवम् संवाददाताहरूलाई पठाएको दाबी गरेका थिए । तर, सीआईबीले सो अडिओ यही ५ वैशाखमा रेकर्ड गरेर साँझ मेलमा पठाएको खुलेको बताएको छ ।

सीआईबीका एक उच्च अधिकारी भन्छन्, “रेकर्ड गर्ने राजकुमार तिमिल्सिनाको आवाज अडिओसँग हुबहु मिले पनि उनले नाम लिएका अरू व्यक्तिको अडिओ भने ‘पहिचान हुन नसकेको’ प्रतिवेदनमा उल्लेख छ ।”

यससँगै सीआईबीले उक्त अडियो युट्यूबमा प्रसारण गरेका विद्युतीय कारोबार ऐन २०६३ को कम्प्युटरसम्बन्धी कसुर, मुलुकी अपराध संहिताको न्यायविरुद्ध कसुर आकर्षित हुने भनेको छ ।

प्रहरीले इमेलबाट आदानप्रदान भएको अडिओ, राजकुमार तिमिल्सिनाको मोबाइल र अडियो भएको अर्को पेन ड्राइभको डिजिटल फरेन्सिक परीक्षण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved