क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना, ऐतिहासिक सफलता प्राप्त हुने विश्वास

नेपालभ्युज

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना, ऐतिहासिक सफलता प्राप्त हुने विश्वास
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

प्रचण्डले आज वक्तव्य मार्फत विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने भन्दै टोलीलाई जीतको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरेका छन् ।

“एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved