ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी

नेपालभ्युज

ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी
सांकेतिक तस्वीर।

एजेन्सी । दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा सोमबार ठूलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएका छन् ।

डिसिपी रेलवेका अनुसार साँझ ४ः४१ बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा छ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ ।

घटनापछि डिसिपीले भनेको छ, “घटनास्थलमा ताज एक्सप्रेस ट्रेनको तीन डिब्बामा आगो लागेको थियो । घटनापछि रेल रोकियो । यात्रीहरू अन्य डिब्बामा गएकाले कोही घाइते भएका छैनन् । ”

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तथापि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved