मिस्टर बिस्ट बने सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर

नेपालभ्युज

मिस्टर बिस्ट बने सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर

काठमाडौं । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ ​​मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् ।

उनको च्यानल मिस्टर बिस्टका आइतबार २६ करोड ८० लाख सब्सक्राइबर छन् ।

यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् ।

टी सिरिजको युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भुषण कुमार हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved