सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट सुरु भयो भन्नु गलत : बर्तौला

नेपालभ्युज

सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट सुरु भयो भन्नु गलत : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट सुरु भयो भन्नेकुरा गलत भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको स्पष्ट पारे । बजेटमा सत्ता पक्षका सांसदहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने उनले बताए ।

बर्तौलाले बजेटप्रति एमालेको आक्रोश, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरु मात्रै रहेको बताए । उनले बजेटमा एमालेले राजनीतिक रुपमा समर्थन गरेर अघि बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved