आईएमई लाइफका ग्राहकले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने 

नेपालभ्युज

आईएमई लाइफका ग्राहकले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने 

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात् आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरूले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरूमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झौता आदान–प्रदान कार्यक्रममा बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved