ओलीलाई बालेनको सुझाव – ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुस्’

नेपालभ्युज

ओलीलाई बालेनको सुझाव – ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्माले जनतालाई झुक्याएर राजनीति नगर्न आग्रह गरेका छन् ।

मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीलाई १० हजार करोडको काण्ड लुकाउनका लागि अर्को काण्ड नगर्न सुझाव दिएका हुन् ।

उनले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धु टि स्टेसले ओगटेको जग्गा नै दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।

साहले त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथलाई ओलीले फेरि सडक बनाउन थालेको भन्दै कटाक्ष गरेका छन् ।

हेर्नुहोस् साहले लेखेको फेसबुक स्टाटस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved