जापानमा आज बिहानै शक्तिशाली कम्पन, जनवरी यता तीन ठूला भूकम्प

नेपालभ्युज

जापानमा आज बिहानै शक्तिशाली कम्पन, जनवरी यता तीन ठूला भूकम्प

काठमाडौं । जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार बिहान साढे ६ बजे ५ दशमल ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । विभागले भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ ।

यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो भने धेरै भवनमा क्षति पुगेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved