काठमाडौं । छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
उनीहरुविरुद्ध आइतबार कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको हो
उक्त मुद्दामा संचालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले जानकारी दिए ।
उनले भने, ‘हिनामिना र कुसर गरेको आधारमा रकम असुल्न पर्ने र हर्जना सहित कैदको माग गरेको छु, १० जना प्रहरी नियन्त्रणमा छन् । गीता बस्नेत सहित अन्य २५ जना फरार छन् । जिल्ला अदालतले विपक्षी बनाइएर फरार रहेका सबै २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेर अनुसन्धान सुरु गर्नेछ ।’
उक्त सहकारीमा २३ सय ९४ जना शेयर सदस्य र बचतकर्ता रहेका छन् ।
Facebook Comment
Comment