प्रधानमन्त्री कप भलिबल : महिलातर्फ एभरेष्टले कर्णाली र पुलिसले न्यु डायमण्डलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ एभरेष्टले कर्णाली र पुलिसले न्यु डायमण्डलाई हरायो

काठमाडौं। आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एभरेष्ट भलिब क्ल्बले कर्णाली खेलकुद विकास परिषद्लाई र नेपाल पुलिस क्लबले न्यु डायमण्डलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आइतबार भएको खेलमा एभरेष्टले कर्णालीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एभरेस्टले कर्णालीलाई पहिलो सेटमा २५–१६, दोस्रोमा २५–८ र तेस्रोमा २५–१० ले हरायो।

अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई ३–१ ले पराजित हरायो। पहिलो सेटमा न्यु डायमण्डले पुलिसलाई २५–१९ ले पराजित गर्यो।

दोस्रो सेटमा पुलिसले न्यु डाउमण्डमाथि २५–२२ को जित हासिल गर्यो। पुलिसले तेस्रो सेटमा २५–२२ ले जित्यो।

चौथो सेटमा पुलिसले न्यु डायमण्डलाई २९–२७ ले हरायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved