काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको दोस्रो प्रि-वेडिङ समारोह इटालीबाट फ्रान्समा चल्ने क्रूजमा चलिरहेको छ ।
यसअघि फेब्रूअरीमा पहिलो प्रि-वेडिङ समारोह तीन दिन चलेको थियो ।
जसरी जामनगरमा भएको पहिलो प्रि-वेडिङमा बलिउड स्टारहरूको जमघट भएको थियो । सो समारोहमा हलिउड गायिका रिहानाले जमघटमा आकर्षण थपेको थियो ।
अब दोस्रो प्रि-वेडिङमा हलिउडका गायकहरू पनि उपस्थित हुने भएका छन् । यस पटकको समारोहमा हलिउड स्टार शकिरा, केटी पेरी र अमेरिकी ब्यान्ड ब्याकस्ट्रिट ब्वाईजको उपस्थिति हुनेछ ।
अनन्त र राधिकाको पहिलो प्रि-वेडिङमा रिहानाको पारिश्रमिक भन्दा पनि उनको अभिनयको चर्चा बढी थियो ।
रिहानाको प्रदर्शनको लागि अम्बानी परिवारले ठूलो शुल्क लिएको बताइएको छ । अब दोस्रो प्रि-वेडिङका लागि शकिरादेखि केटी पेरीसम्म ठूलो पारिश्रमिक लिने चर्चा छ ।
ईटाइम्सका अनुसार कोलम्बियाली गायिका शकिराले अम्बानीको प्रि-वेडिङमा प्रस्तुति दिनका लागि ठूलो शुल्क लिएकी छिन् ।
उनले प्रदर्शनका लागि करिब १० देखि १५ करोड भारू लिएकी छन् । शकिरा जस्तै केटी पेरीको पारिश्रमिक पनि कम छैन । उनले प्रदर्शनका लागि करिब ४५ करोड भारू लिएकी छन् ।
अमेरिकी ब्याण्ड ब्याकस्ट्रीट ब्वाईजको शुल्कको कुरा गर्दा उनीहरूले अनन्त र राधिकाको दोस्रो प्रि-वेडिङमा प्रदर्शन गरेबापत थोरै रकम नभई ४ देखि ७ करोड भारू लिएका छन् ।
Facebook Comment
Comment