अब संवैधानिक परिषद्मा प्रधानमन्त्री शक्तिशाली

नेपालभ्युज

अब संवैधानिक परिषद्मा प्रधानमन्त्री शक्तिशाली

काठमाडौं । संवैधानिक परिषद्‌मा अब अध्यक्ष (प्रधानमन्त्री) शक्तिशाली हुने भएको छ ।  संवैधानिक परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुन्छन् ।

राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्‍मा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका कम्तीमा सदस्यको ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गरेको हो ।

राज्य व्यवस्थाले पास गरेको विधेयकमा बैठक र एजेण्डा तय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ । तर बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सदस्यहरुलाई पत्र र विद्युतीय माध्यमबाट एजेण्डा पठाउनुपर्छ । साथै कुनै सदस्यले उपस्थित हुन नसक्ने भएमा बैठकको २४ घन्टा पहिला नै कारणसहित अध्यक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था विधेयकमा थपिएको छ  ।

सो  विधेयक अब बस्ने प्रतिनिधि सभाको बैठकमा पेश हुनेछ ।  बैठक यही जेठ २० गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved