माधव नेपाल सहभागी विपक्षी गठबन्धनको बैठकमा मधेसबाट सत्ता पक्षलाई धक्का दिने छलफल

मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेस, जसपा, लाेसपा र एकीकृत समाजवादी एक ठाउँमा उभिँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ ।

नेपालभ्युज

माधव नेपाल सहभागी विपक्षी गठबन्धनको बैठकमा मधेसबाट सत्ता पक्षलाई धक्का दिने छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  निवास बुढानीलकण्ठमा बसेको  ४ दलको बैठक सकिएको छ । सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपालको समेत सहभागिता रहेको बैठकमा  विपक्षी कांग्रेस, जसपा नेपाल, लाेसपाका नेताहरुबिच मधेसबाट सत्ता पक्षलाई धक्का दिने छलफल भएको बताइएको छ ।

बैठकमा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । छलफलपछि  मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको बताइएको छ  ।

मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।  मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा कांग्रेस, जसपा, लाेसपा र एकीकृत समाजवादी एक ठाउँमा उभिँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved