हत्या अभियोगमा जेलबाट छुटेपछि गरे फेरि दाइकै हत्या

नेपालभ्युज

हत्या अभियोगमा जेलबाट छुटेपछि गरे फेरि दाइकै हत्या
साङ्केतिक तस्वीर ।

काठमाडौं । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका ५ मानेगाउँमा भाइले दाजुको हत्या गरेका छन् । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नुवाकोटका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved