गम्भीर टीम इन्डियाको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का

नेपालभ्युज

गम्भीर टीम इन्डियाको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का

काठमाडौं । पूर्व क्रिकेटर तथा आईपीएल क्लब कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ ।

क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले गम्भीरको प्रशिक्षक बन्ने निश्चित भइसकेको र छिट्टै घोषणा गरिने बताए ।

क्रिकबजको रिपोर्टका अनुसार शाहरूख खानले पनि यसबारे जानकारी पाएका छन् ।

बीसीसीआईको नियम अनुसार गम्भीर टीमको मुख्य प्रशिक्षक बनेमा उनले केकेआरको मेन्टरशिप छोड्नुपर्नेछ ।

मे २७ मा मुख्य प्रशिक्षक पदका लागि आवेदन दिने अन्तिम मिति थियो । तर, त्यो समय बढाइएको छ । गम्भीरले यो पदका लागि आवेदन दिएको सम्भावना छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।

नयाँ मुख्य प्रशिक्षकको चयन टी–२० विश्वकपमा हुनेछ । उनको कार्यकाल जुलाई १, २०२४ देखि सुरू हुनेछ र डिसेम्बर ३१, २०२७ सम्म रहनेछ।

यस अवधिमा भारतीय टोलीले आईसीसीका ५ वटा प्रतियोगिता खेल्नुपर्नेछ ।

जसमा च्याम्पियन्स ट्रफी, टी२० विश्वकप र एकदिवसीय विश्वकपका साथै विश्व टेस्ट च्याम्पियनसिपको २ चक्र समावेश छ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन। उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आईपीएल सन् २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved