टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपाल फराकिलो अन्तरले पराजित

नेपालभ्युज

टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले क्यानडासँग लज्जास्पद हार व्यहोरेको छ ।

अमेरिकाको डालासमा सोमबार राति भएको खेलमा क्यानडासँग नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा रोकियो । कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए ।

अनिल साहले १६ बलमा २४ रन बनाए भने आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोड्न सफल भए । अन्य कुनै ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

नेपालले दोस्रो वार्मअप खेल आगामी बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved