काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट सिरोहियालाई पक्राउ गरिएको बताएका छन् । उनले तत्काल रिहाइको मागसमेत गरेका छन् ।
‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नु पर्दछ। आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराइन्छ।’ विज्ञप्तीमा उल्लेख छ ।
यादवले कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार गर्नू सरहको भएको बताए ।
Facebook Comment
Comment