धोनीलाई किन एक्सभन्दा इन्स्टाग्राम बढी मन पर्छ ?

नेपालभ्युज

धोनीलाई किन एक्सभन्दा इन्स्टाग्राम बढी मन पर्छ ?

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एमएस धोनीले एक्सभन्दा इन्स्टाग्राम बढी मन पर्ने बताएका छन् ।

इन्स्टाग्रामलाई बढी प्राथमिकता दिने बताउँदै उनले ट्विटरमा धेरै विवादहरू हुने गरेको बताउँछन् । दुबई आई १०३.८ युट्युब च्यानलमा पोष्ट गरिएको भिडियो कार्यक्रममा धोनीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘मलाई विश्वास छ कि ट्विटरमा केही राम्रो भएको छैन र यसमा सधैं विवाद मात्र हुन्छ । कसैले केही लेख्छ र त्यसलाई लिएर विवाद उत्पन्न हुन्छ । मलाई लाग्छ कि मैले यसबारे कुरा गर्नै पर्छ। यसमा १४० क्यारेक्टरमा लेखिन्छ र त्यसलाई व्याख्या गर्ने मानिसहरूमा निर्भर छ ।’

धोनीले आफूलाई इन्स्टाग्राम अलि मन पर्ने बताए ।

उनले भने, ‘मलाई अझै पनि इन्स्टाग्राम मन पर्छ। त्यहाँ म तस्वीर वा भिडियो वा केहि पनि पोस्ट गर्छु । त्यो पनि अहिले परिवर्तन हुँदैछ । तर, मलाई अझै पनि इन्स्टाग्राम मनपर्छ । म त्यहाँ पनि धेरै सक्रिय छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved