कजाकस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ

मध्यएशियाली मुलुक काजकस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो।

नेपालभ्युज

कजाकस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ

एजेन्सी। कजाकस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन्।

बिजुलीको मूल्य बढेपछि शुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो।

मध्यएशियाली मुलुक कजाकस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो।

“आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायत कारणले उनीहरुलाई पक्राउ गरिएको हो”, गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved