काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैमाथि आरोप नलगाएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि निशाना बनाएका थिए ।
सोमबार सामाजिक सञ्जालमार्फत् लामिछानेले आफ्नो शैली नै त्यस्तो बताउँदै कसैलाई आरोप नलगाएको बताए ।
‘मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरू सदनमा पढी वाची सुनाएको।’ लामिछानेले भने ।
उनले संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति नरहेको पनि बताए ।
साथै, प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यस्तै स्वीकार्ने लामिछानेले बताए ।
‘छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।’ उनले भने ।
Facebook Comment
Comment