आफ्ना नेतामाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

नेपालभ्युज

आफ्ना नेतामाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिएका हुन् ।

नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरूपयोग गरेको उनको आरोप छ ।

कांग्रेसलाई र कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने लेखकले चेतावनी दिए ।

सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved