गर्मीमा ग्लीसीरिन प्रयोग गर्ने तरिका

नेपालभ्युज

गर्मीमा ग्लीसीरिन प्रयोग गर्ने तरिका

एजेन्सी । जब गर्मी समय आउँछ तैलीय छालालाई धेरै हेरचाहको आवश्यकता पर्दछ । यो मौसममा छालामा अतिरिक्त तेल आउने तथा घामले जल्ने जस्ता समस्या हुन्छन् ।

यस्तोमा हामी आफ्नो छालाको सुरक्षाका लागि महंगा सौन्दर्य सामग्री प्रयोग गर्छौं । तर, यसो गर्नुपर्ने आवश्यकता छैन । किनकि यसको ठाउँमा तपाईं ग्लीसीरिनको प्रयोगले पनि विभिन्न समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

ग्लीसीरिन एउटा यस्तो सामग्री हो, जसलाई कुनै पनि मौसममा सजिलै प्रयोग गर्न सकिन्छ । यसले छालाका विभिन्न समस्या ठीक गर्न सहयोग गर्छ । आज हामी गर्मी मौसममा ग्लीसीरिनको प्रयोग गर्ने तरिका बताउनेछौं ।

दैनिक रुपमा छालामा ग्लीसीरिन लगाउँदा रंगमा निखार आउँछ र काला दागधब्बा  कम हुन्छन् ।

ग्लीसीरिनले छालाका लागि एउटा प्राकृतिक मोइस्चराइजर जसरी काम गर्छ । यसले छालाको रुखोपन र चिलाउने समस्या पनि कम हुन्छ ।

ग्लीसीरिनमा एन्टीएजिंग गुण पनि हुन्छन् त्यसैले यसको प्रयोगले चाउरीपना र बुढ्यौलीमा देखिने समस्या देखिँदैनन् ।

नियमित रुपमा ग्लीसीरिनको प्रयोगले छाला कसिलो र चम्किलो हुँदै जान्छ ।

ग्लीसीरिनलाई विभिन्न समस्यामा प्रयोग गर्ने तरिका–

गर्मीमा छालालाई हाइड्रेट राख्न मिस्ट बनाउन सक्नुहुन्छ । यसका लागि एउटा स्प्रे बोतलमा ग्लीसीरिनलाई गुलाब जलसँग मिसाउनुहोस् । ध्यान दिनुहोस् एक भाग ग्लीसीरिन र तीन भाग गुलाब जल मिसाउनुहोस् । यसलाई तपाईं छालामा स्प्रे गर्न सक्नुहुन्छ । यसले टोनरको काम पनि गर्दछ ।

गर्मीमा छाला घामले जल्नु सामान्य हो । यस्तोमा तपाईं घामले जलेको छालालाई राम्रो बनाउन ग्लीसीरिनको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि ग्लीसीरिन र एलोवेरा जेललाई बराबर मात्रामा मिलाउनुहोस् । यसलाई अनुहार तथा हात खुट्टा जहाँ समस्या छ त्यहाँ लगाउनुहोस् ।

त्यस्तै ग्लीसीरिनको प्रयोगले ओंठको सुरक्षा पनि गर्न सक्नुहुन्छ । ओंठका लागि हाइड्रेटिंग लिप बाम बनाउन ग्लीसीरिनलाई नरिवलको तेल र शिया बटरसँग मिसाउनुहोस् । त्यसपछि दैनिक यो मिश्रणलाई ओंठमा लगाउनुहोस् ।

गर्मीमा ग्लीसीरिन तपाईंको छालाका लागि एकदमै फाइदाजनक हुन सक्छ । यसबाट राम्रो फाइदा पाउन रातको समयमा प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved