डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना पक्राउ 

नेपालभ्युज

डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना पक्राउ 

काठमाडौं । डेल कम्पनीको नक्कली लेभलिङ गर्दै कम्प्युटर बेच्ने दुईजना काठमाडौंबाट पक्राउ परेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै एसएसपी वसन्त रजौरेले उक्त जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा काठमाडौंका तुसाल अग्रवाल र मुकुन्द श्रेष्ठ रहेका छन् ।

रजौरेका अनुसार उनीलाई मुकुन्द श्रेष्ठको घरमा डेल कम्पनीको सादा लोगो प्रयोग गरेर सामानमा लेभलिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले २८६ थान कम्प्युटर बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved