माछा मार्न जाँदा नदीमा डुबेर दुईजनाको मृत्यु

नेपालभ्युज

सुर्खेत । सल्यानको बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदीमा माछा मार्न गएका कालीमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।

शनिबार दिउँसो बबई नदीमा माछा मार्न गएका दुई जना बेलुकी अबेरसम्म नफर्केपछि खोज्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको अवस्थामा आफन्तले फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी उपक्षेत्रीय अस्पताल नेपालगन्ज लगिएको प्रहरीको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved