रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु

नेपालभ्युज

रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु भएको छ ।

यात्राको क्रममा रथ बिग्रिएको थियो । मर्मतसम्भार गरेर रातो मत्स्येन्द्रनाथको रथयात्रा पुन: सुरु गरिएको हो । अहिले रथ तान्नेर अगाडि बढाइरहेको छ ।

उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख २९ बाट सुरु भएको थियो ।

वर्षा र सहकालका देवता भनेर समेत पुजिने रातो मत्स्येन्द्रनाथको मूर्तिलाई वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराई अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ति गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रथ यात्रा सुरु हुन्छ ।

करिब १६०० वर्ष अघि नगरवासीलाई श्री पद्मपाणी अवलोकितेश्वर समेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन ललितपुर नगरको भ्रमण गराउँदै रथयात्रा आरम्भ गरिएको विश्वास गरिन्छ । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गा:बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइसकेपछि रथ यात्रा विधिवत् रूपमा समापन हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved