समीर जोशीको प्रिमियम सिरिज ‘ओ ! सासूजी…’

नेपालभ्युज

समीर जोशीको प्रिमियम सिरिज ‘ओ ! सासूजी…’

काठमाडौं । सासू बुहारीको कथामा आधारित प्रिमियम सिरिज ‘ओ ! सासूजी…’ को छायांकन शुरू भएको छ । बिनभ क्रियसनको प्रस्तुतिको सो सिरिजको निर्देशन सञ्चारकर्मी निर्माता निर्देशक समीर जोशीले गरिरहेका छन् ।

सुरेन्द्र रानाले लेखेको कथाको सो सिरिजमा ‘सासू पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छिन्’ भन्ने देखाइने छ ।

सासूले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासूलाई गर्ने आत्मीयता त्याग र समर्पणको कथा रहेको सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको निर्देशक जोशीले बताए ।

सिरिजको अर्को पाटोमा पछिल्लो समय मन्दीले गर्दा विज्ञापन बजारमा परेको असर देखाइएको छ । विज्ञापन व्यवसायको प्रतिस्पर्धामा आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि छ । ‘ओ ! सासूजी…’ छाँयाकनमा प्रवेश पोखरेल र सञ्जय राई छन् ।

सिरिजमा सम्पादन सुनिल श्रेष्ठ र सङ्गीत सुमन कपालीकोे छ । ग्राफिक्स दुर्गेश रंजितकारको र पोस्टर प्रबल प्रधानको छ । विश्वराम हापुको मेकअप आर्टिस्ट छन् ।

सिरिजमा बिन्दा खतिवडा, दिक्पाल कार्की, विनोद पौडेल, चिरिबाबू महर्जन, सुस्मिता श्रेष्ठ तथा नायीकाद्वय संगम शर्मा थापा र युजिन श्रेष्ठले अभिनय गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved