विपक्षी पार्टीको बैठकपछि सभामुखलाई जानकारी- संसदीय समिति गठनको माग यथावत् छ

नेपालभ्युज

विपक्षी पार्टीको बैठकपछि सभामुखलाई जानकारी- संसदीय समिति गठनको माग यथावत् छ
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले संसदीय समिति गठन हुनुपर्ने माग यथावत् रहेको सभामुख देवराज घिमिरेलाई जानकारी दिएका छन् ।

शुक्रबार आफ्नो संसदीय दलको बैठकपछि कांग्रेसले विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकमा लोसपा, जसपा नेपाल, राप्रपा लगायतका दलहरूका प्रतिनिधि सहभागी थिए । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको थियो ।

‘हामीले संसदीय छानबिन समिति गठनको मागलाई यथावत् राखेका छौँ । त्यो माग पूरा नहुँदासम्म कुनै पनि सरकारी कार्यहरू संसद्‌बाट अगाडि नबढाउन हामीले अनुरोध गरेका छौँ । हाम्रो माग यथावत् छ । अहिले पाँच दलीय गठबन्धनले सभामुखलाई त्यसको जानकारी गराएका छौँ’, कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved