संसद्‌‌मा धकेलाधकेल (तस्वीरहरू)

संसद्‌‌मा धकेलाधकेल (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूबीच ठेलमठेल भएको छ ।

बिहीबार बिहान ११ बजेबाट सरेर अपराह्न ४ बजे बस्ने भनिएको संसद् बैठक साँझ ६ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठेर नाराबाजी गर्न थाले ।

त्यहीबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । लामिछाने उठेलगत्तै कांग्रेस सांसदहरू अझ चिढिए । उनीहरूले झन् ठूलो-ठूलो आवाजमा नाराबाजी गरे ।

त्यहीबीच एमाले सांसदहरू पनि उठे । त्यसपछि उनीहरूबीच ठेलमठेलकै अवस्था सृजना भयो । कांग्रेस उपसभापति धनराज गुरुङले त एमाले अध्यक्ष केपी शर्मा ओलीका अगाडि औँला ठड्याएर अझ ठूलो स्वरमा नाराबाजी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved