मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको ज्यान गयो

कुपन्डोलमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते छन् ।

नेपालभ्युज

ललितपुर। कुपन्डोलमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते छन् ।

बा९५प ५३३४ नम्बरको मोटरसाइकल गए राति करिब सवा १ बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको ललितपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९, छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालकको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved