फिनल्याण्डले दिएको १३ मिलियन युरो अनुदान स्वीकार गर्ने, यी हुन् सरकारका निर्णय

नेपालभ्युज

फिनल्याण्डले दिएको १३ मिलियन युरो अनुदान स्वीकार गर्ने, यी हुन् सरकारका निर्णय

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

साथै, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

निर्णयहरू

  • जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने ।
  • नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने ।
  • नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने ।
  • नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्ति गर्ने ।
  • न्युनतम पारीश्रमीक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्का काठमाडौंलाई नियुक्ति गर्ने ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved