एजेन्सी । दैनिक रूपमा मुखको स्वास्थ्यका लागि ब्रस गर्नु एकदमै जरूरी हुन्छ । दैनिक रूपमा ब्रस गर्दा दाँत सफा त हुन्छन् नै साथमा सम्पूर्ण मुखको स्वास्थ्य पनि राम्रो हुन्छ ।
तर, ब्रस गर्दा कति समय गर्नु सही हुन्छ त्यसबारेमा पनि जान्नु एकदमै जरूरी हुन्छ । ब्रस गर्दा समयको पनि विशेष ध्यान दिनुपर्दछ ।
विभिन्न अध्ययन तथा रिसर्चका अनुसार दाँतमा जमेको फोहोरलाई हटाउनका लागि दैनिक कम्तीमा तीनदेखि चार मिनेटसम्म ब्रस गर्नु जरूरी हुन्छ । अनि मात्र दाँत तथा मुखमा भएको फोहोर पूर्ण रूपले सफा हुन्छ ।
सन् १९७० को दशकदेखि नै विशेषज्ञहरूले दैनिक कम्तीमा दुई मिनेटसम्म ब्रस गर्ने सल्लाह दिन सुरु गरिसकेका थिए । साथमा उनीहरूले मुलायम ब्रसको प्रयोग गर्ने सल्लाह पनि दिन्थे । अहिले पनि डाक्टरहरूले नरम ब्रस प्रयोग गर्ने सल्लाह दिन्छन् ।
विभिन्न अध्ययनहरूमा बताइएको छ, ब्रस जहिले पनि दुई मिनेटभन्दा धेरै नै गर्नुपर्छ । यसरी ब्रस गर्दा दाँत तथा मुखमा भएको फोहोर पूर्णरूपले हट्ने गर्छ ।
विशेषगरी दाँतलाई दिनमा दुईपटक धुनुपर्ने हुन्छ । यसरी तपाईं पनि दैनिक रूपमा ब्रस गर्नुहुन्छ भने तपाईंको ओरल स्वास्थ्य सधैं राम्रो हुनेछ ।
ब्रस गर्ने क्रममा फ्लोराइड मञ्जनको प्रयोग गर्नुपर्दछ । यसरी तपाईं दिनमा दुईपटक कम्तीमा दुई मिनेट ब्रस गरेर दुई गुणा दुईको उपाय अपनाउन सक्नुहुन्छ ।
Facebook Comment
Comment