काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
बिहीबार कप्तान क्षेत्रीले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । एक भिडियो सन्देश जारी गर्दै विश्वकप छनोटमा कुवेतविरुद्धको खेल उनको भारतको लागि अन्तिम हुने उल्लेख गरेका छन् ।
सुनिलले भारतीय फुटबलको सुरुवाती दिन र डेब्यू गोल सम्झिँदै धेरै सोचेर सो निर्णय गरेको बताए । उनले सबै खेल पूर्ण रुपमा रमाएर खेल्ने र कुनै दबाब महशुस नगर्ने बताए ।
अर्को चरणमा जानको लागि भारतले कुवेतलाई हराउनै पर्ने दबाब भएपनि उनले सबै बचेका तालिमका दिनहरु रमाएर खेल्ने बताए ।
सन् २००५ जुन १२ मा सुनिलले भारतका लागि डेब्यू गरेका थिए । डेब्यू खेलमा नै सुनिलले भारतको लागि गोल गर्न सफल भएका थिए ।
सर्वाधिक गोल गर्ने सूचीमा सुनिल अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो स्थानमा छन् । उनले १५० खेलमा ९४ गोल गरेका छन् ।
२०५ खेलमा १२८ गोल गर्दै क्रिष्टियानो रोनाल्डो पहिलो र १८० खेलमा १०६ गोल गरेका लिओनल मेस्सी दोस्रो स्थानमा छन् ।
Facebook Comment
Comment