स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै

नेपालभ्युज

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । गोली हान्ने एक जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । बन्दुकधारीले धेरैपटक गोली हानेको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

राजधानीभन्दा करिब २ घण्टाकोको दुरीमा रहेको ह्याण्डलोभा भन्ने स्थानमा घटना भएको बीबीसीले जनाएको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली हानीएको अधिकारीहरुले जनाएका छन् ।

गोली लागेका ५९ वर्षिय फिकोलाई प्राथमिक उपचार पछि हेलिकोप्टरमा राजधानीको अस्पताल लगिएको छ ।

पेट, हात र खुट्टामा चोट लागेका उनको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ । राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved