लिटरमै ७ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

नेपालभ्युज

लिटरमै ७ रुपैयाँ घट्यो पेट्रोलको मूल्य

काठमाडौं ।  पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल,  मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको नेपाल आयल निगमले बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका अनुसार  घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । पेट्रोलको  मूल्य १७८ रुपैयाँ प्रतिलिटरबाट १७१ रुपैयाँमा झरेको हो  ।  यस्तै डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँबाट १५४ रुपैयाँमा झरेको निगमले जनाएको छ   ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved