सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले बहस सकेर फैसला हेर्दाहेदैमा राखेको हो ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पौष १३ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो ।

आठ वर्षको जेल सजाय तोक्दै पीडितलाई क्षतिपूर्ति र जरिवाना पनि तिर्नुपर्ने भनिएको थियो । त्यो विरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

सन्दीपको पक्षबाट ७ वकिलले बहस गरेका थिए । गौशाला २६ को तर्फबाट २ सरकारी वकिल र चार जना गौशाला २६ का चारजना निजी वकिलहरूको बहस गरेका थिए ।

गौशाला २६ को पक्षबाट सहन्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि सन्दीपका वकिलहरूले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस गरे । त्यसपछि फेरि गौशालाका निजी वकिल शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाईले बहस गरे । पछि सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गरेका थिए ।‘


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved