सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिएको छ । आजै फैसला गर्ने तयारी रहेको जनाइएको छ ।

यसअघि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज बहस भएको र आजै मुद्दा टुङ्ग्याउन सक्ने बताइएको छ ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन् ।

आज सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरे भने गौशाला २६ को पक्षमा ६ जनाले बहस गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved