सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, आजै आउला त फैसला ?

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ जारी, आजै आउला त फैसला ?

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहेको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लामिछानेको मुद्दाको सुनुवाइ जारी छ ।

बलात्कार मुद्दामा जिल्ला अदालत काटमाडौंको फैसला बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालतमा गत फागुन १० गते पुनरावेदन दिएका थिए ।

यसअघि जिल्ला अदालतले सन्दीपलाई जबर्जस्ती करणीमा ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रूपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरूद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।

अहिले दुवै मुद्दामा एकसाथ सुनुवाइ भइरहेको छ । सुनुवाइ सकिए आजै फैसला आउन सक्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved