कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, प्रतिनिधिसभा बैठक अवरोध गर्ने

नेपालभ्युज

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, प्रतिनिधिसभा बैठक अवरोध गर्ने
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले नीति कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

तर, साँझ ६ बजे बस्ने प्रतिनिधिसभा बैठक भने चल्न नदिने निर्णय भएको ती नेताले बताए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved