एजेन्सी । भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नयाँ सिजन सुरू हुन गइरहेको छ । अभिनेता अमिताभ बच्चनले यसको घोषणा गरेर त्यसका प्रशंसकहरूलाई उत्सुक बनाइसकेका छन् ।
केबीसी शो ‘हु वान्ट्स टु बी अ मिलेनियर’ को भारतीय संस्करण हो । तर, के तपाईंलाई थाहा छ अंग्रेजी संस्करणको पहिलो विजेता को थिए ? उनको जीतको पछाडि रमाइलो कथा पनि छ । जित्नुअघि उनले गरेको फोन कल अहिले पनि चर्चित छ ।
जोन कारपेन्टरले सन् १९९९ मा शो को सबैभन्दा धेरै रकम एक करोड आफ्नो नाममा गरेका थिए । उनको एउटा लाइफलाइन पनि बचेको थियो । उनीसँग सोधिएको अन्तिम प्रश्न थियो, को अमेरिकी राष्ट्रपति टेलिभिजन शो लाफ–इन मा देखिएका थिए ? सही जवाफ थियो, रिचार्ड नेक्सन ।
इतिहास रचेका जोन आफ्नो जवाफप्रति यति ढुक्क थिए कि उनले जवाफ दिनुअघि आफ्नो फोन–अ–फ्रेन्ड लाइफलाइन प्रयोग गरे र आफ्ना बुवालाई फोन लगाए ।
फोन लगाइसकेपछि जोनले आफ्ना बुवालाई विश्वासपूर्वक भने, “मलाई सहीमा तपाईंको सहयोगको आवश्यकता छैन । मैले यति भन्न चाहन्छु मैले मिलियन डलर जित्दैछु ।” जोनको यो कुरा सुनेर र उनको तरिका देखेर सबै दंग परेका थिए ।
आज पनि उनको यो चर्चित फोन कलको क्लिप इन्टरनेटमा पाइन्छ । यो कार्यक्रम भएको करीब २३ वर्ष बितिसकेको छ तर अहिले पनि उक्त भिडियो हिट छ ।
Facebook Comment
Comment