मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

नेपालभ्युज

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनसहित अहिले प्रदेशसभा बैठक जारी छ । बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

उनले प्रदेशको विकासका लागि आफूलाई मत दिन भनेका छन् । उनले प्रदेशको विविधतालाई समेटेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले समर्थन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved