फाइजर खोपका लागि आवश्यक सिरिन्ज आइपुग्यो

नेपालभ्युज

फाइजर खोपका लागि आवश्यक सिरिन्ज आइपुग्यो

काठमाडौं। फाइजर खोपका लागि आवश्यक मापदण्ड (०.३ एम एल) अनुसारको सिरिन्ज आज (मंगलबार) नेपाल आइपुगेको छ।

सिरिन्ज नआउँदा सरकारले १३ पुसबाट आठ जिल्लामा तय गरेको खोप अभियान स्थगित भएको थियो। कोभ्यास सुविधामार्फत ६ लाख ६६ हजार ओटा सिरिन्ज नेपाल आइपुगेको हो। यो फाइजर खोपका लागि प्रयोग हुने जनाइएको छ।

स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले सिरिन्ज आएपछि खोप अभियान अघि बढाइने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved