सरकार संसद् चल्न नदिनेतर्फ उद्धत भयो : कांग्रेस

नेपालभ्युज

सरकार संसद् चल्न नदिनेतर्फ उद्धत भयो : कांग्रेस
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरूले सो निष्कर्ष निकालेका हुन् ।

बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमबार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरूद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

बैठकमा नेताहरूले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

कांग्रेसले शुक्रबार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved