हिरामन्डीको इन्टीमेट सीनबारे मनीषालाई थाहै थिएन, रिहर्सल गर्दा आश्चर्यमा परिन्

नेपालभ्युज

हिरामन्डीको इन्टीमेट सीनबारे मनीषालाई थाहै थिएन, रिहर्सल गर्दा आश्चर्यमा परिन्

एजेन्सी । सञ्जय लीला भन्सालीको सिरिज हिरामन्डी हालै मात्र नेटफ्लिक्समा रिलिज भएको छ । जसलाई दर्शकहरूले एकदमै मन पराइरहेका छन् । अहिलेसम्म उक्त सो एक हप्ताभित्र धेरै हेरिने भारतीय सिरिजभित्र पर्न सफल भइसकेको छ ।

यस सिरिजमा शेखर सुमनले एउटा बोल्ड सीन दिएका छन्, जो इन्टरनेटमा एकदमै भाइरल भइरहेको छ । यो बोल्ड सीनमा अब मनीषा कोईरालाले पनि आफ्नो प्रतिक्रिया दिएकी छन् ।

शेखरसँग यस सीनलाई लिएर मनीषाले यसबारेमा आफूलाई पहिला थाहै नभएको बताएकी छन् । उनले अगाडि भनिन्, ‘संजय लीला भन्सालीले जे आईडिया लिएर आउनेबित्तिकै उक्त कथामा केही नयाँ पनि आउँछ ।’

शेखर र मनीषाबीचको यस सीनलाई लिएर विवाद पनि भइरहेको छ । सामाजिक मिडियामा धेरैले ट्रोल गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved