श्रीदेवीको चेन्नईको बंगलामा अब तपाईं पनि बस्न पाउनुहुनेछ

नेपालभ्युज

श्रीदेवीको चेन्नईको बंगलामा अब तपाईं पनि बस्न पाउनुहुनेछ

एजेन्सी । दिवंगत बलिउड अभिनेत्री श्रीदेवीकी छोरी तथा अभिनेत्री जान्हवी कपूरले हालै श्रीदेवीको बंगलाको झलक देखाएकी थिइन् ।

दिवंगत श्रीदेवीको यस बंगलामा तपाईं पनि होम स्टे गर्न सक्नुहुनेछ । अमेरिकी होमस्टे कम्पनी एयरबीएनबीले बोनी कपूरसँग यस सम्बन्धमा सम्झौता गरेको छ ।

यस कम्पनीको एप्सको माध्यमबाट तपाईं पनि यसको बुकिंग गर्न सक्नुहुन्छ । एयरबीएनबीले यस बंगलालाई आइकोनिक श्रेणीमा राखेको छ । यस श्रेणीमा रहेका घरहरूको मूल्य एक सय डलरभित्र रहेको छ ।

उक्त बंगलामा यही १२ मेदेखि बस्न सकिनेछ । यसको मूल्य भने अझै तय भएको छैन । यो बंगला समुद्रको किनारामा बनेको छ । जहाँ स्वीमिंग पूल पनि रहेको छ ।

श्रीदेवीले आफ्नो मेहनतको कमाईले सबैभन्दा पहिला यो बंगला खरीद गरेकी थिइन् । यदी तपाईं पनि भारतको चेन्नईमा घुम्ने योजना बनाइरहनु भएको छ भने यहाँ होम स्टे गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved