कांग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, कुन प्रदेशबाट को ?

नेपालभ्युज

कांग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, कुन प्रदेशबाट को ?

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उमेदवारहरूको नाम टुंगो लगाएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा गुरुङ र सुदूरपश्चिमबाट नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेको माओवादी, नेकपा एस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा राष्ट्रियसभा निर्वाचनम संयुक्त रूपमा उमेदवारहरू खडा गर्दैछन्। सत्ता गठबन्धनले यसका लागि सोमबार बिहान मात्रै भागबण्डा मिलाएको हो।

भागबन्डामा नेपाली कांग्रेसले ६ ओटा सिट पाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved