सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका युवाको हिरासतमै रहस्यमय मृत्यु

नेपालभ्युज

सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका युवाको हिरासतमै रहस्यमय मृत्यु

एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ ।

अनुज थापन नामका आरोपित केही दिनअघि पञ्जाबबाट पक्राउ परेका थिए । अनुज क्राइम ब्रान्चको कारागारमा मंगलबार राति तन्नाको फाँसी बनाएर बाथरूममा झुन्डिएको बताइएको छ ।

झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा पुगेपछि उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

१४ अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ५ राउन्ड गोली चलेको थियो । दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए । उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए ।

घटनापछि सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved