एजेन्सी । मनोरञ्जन दुनियाँकी चर्चित कलाकार राखी सावन्तलाई चर्चामा कसरी आइरहने भनेर एकदमै राम्रोसँग थाहा छ । खुला भएर आफ्ना कुरा राख्ने भएकाले राखी सधैँ चर्चामा रहन्छिन् ।
राखी सावन्तलाई लिएर हालै मात्र खबर आएको थियो कि पूर्व पति आदिल दुर्रानीको व्यक्तिगत भिडिओ शेयर गरेको घटनालाई लिएर उनले आत्मसमर्पण गर्नुपर्ने भारतको सुप्रिम कोर्टले बताएको छ ।
यसैबीच राखी सावन्त दुबईबाट मुम्बई पुगेकी छन् र मिडियासँग कुराकानी पनि गरेकी छन् । उनको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जहाँ उनले पापाराजीलाई चेतावनी दिएकी छन् ।
राखी सावन्तले भनिरहेकी छन्, “तिम्रो क्यामरा कहाँ केन्द्रित छ, मेरो छातीमा वा अन्त कतै ? मलाई तिमीहरुप्रति विश्वास छैन । जब म सामाजिक संजाल हेर्ने गर्छु तिमीहरुको क्यामरा अन्त कतै हुन्छ । तिमीहरु यो गलत काम नगर । म एउटी भारतीय नारी हुँ ।”
Facebook Comment
Comment