क्यान र खेलाडीबीचको विवाद सहमतिनजिक

टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको बन्द प्रशिक्षण आजैबाट शुरु भएको थियो। पहिलो चरणको प्रशिक्षणका लागि क्यानले ३० खेलाडीलाई बोलाएकोमा असन्तुष्ट पक्षका १२ खेलाडीले क्याम्प बहिस्कार गरे।

नेपालभ्युज

क्यान र खेलाडीबीचको विवाद सहमतिनजिक

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमका असन्तुष्ट खेलाडीहरूबीचको विवाद सहमतिनजिक पुगेको छ। आज पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग क्यानका अध्यक्ष चतुरबहादूर चन्द, प्रशिक्षक पुबुदु दासानायके र कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले छलफल गरेका थिए।

छलफलका क्रममा क्लोज क्याम्पमा फर्कनका लागि खेलाडीहरू सकारात्मक रहेको कार्यवहाक सचिव प्रशान्तविक्रमले बताए।

‘‘ सन् २०२२ को पहिलो ६ महिना ४ खेलाडीलाई वार्षिक सम्झौतामा नराख्ने निर्णय फिर्ता गर्नका लागि क्यान तयार छ। साथै खेलाडीले माग गरेका सेवा–सुविधा दिने विषयमा पनि हामी सकारात्मक छौं। तर कप्तान परिवर्तन भने अहिले हुँदैन,’’ मल्ले भने,‘‘भविष्यमा ज्ञानेन्द्र मल्ल नै कप्तानका रुपमा फर्कने संभावना कायमै छ।’’

प्रशान्तविक्रमका अनुसार कारबाही फिर्ता गर्न क्यान तयार भएपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ले पनि क्लोज क्याम्पमा फर्कन तयार रहेको प्रतिक्रिया दिएका थिए। ‘‘उहाँले अब अद्यन्य खेलाडीसँग परामर्श गरेर निर्णय दिन्छौं भन्नुभएको छ। भोली बिहान ९ बजेसम्म प्रशिक्षणमा फर्कने संकेत गर्नुभएको छ,’’ प्रशान्तविक्रमले भने।

टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको बन्द प्रशिक्षण आजैबाट शुरु भएको थियो। पहिलो चरणको प्रशिक्षणका लागि क्यानले ३० खेलाडीलाई बोलाएकोमा असन्तुष्ट पक्षका १२ खेलाडीले क्याम्प बहिस्कार गरे।

गत मंसीरमा खेलाडी वर्गिकरणको विषयमा असन्तुष्टी जनाएपछि ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले कारबाही गरेको थियो। उनीहरूलाई समर्थन गर्दै अन्य आठ जनाले पनि क्लोज क्याम्प बहिस्कार गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved